
काठमाडौं— प्रतिनिधि सभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बैठक ४ बजेसम्मका लागि सारिएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले छानबिन समिति गठनको मागलाई अघि सार्दै आइरहेको छ।
यसअघि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्र्यक्रम प्रस्तुत गर्दा अवरोध नगरेको कांग्रेसले त्यसपछि धन्यवाद प्रस्ताव टेबुल हुन समेत दिएको थिए।
आजको बैठकमा कांग्रेस थप शसक्त रुपमा प्रस्तुत हुने संकेतपछि प्रधानमन्त्रीदेखि सभामुखसम्म छलफलमा व्यस्त रहेका छन्।
सभामुख देवराज घिमिरेले कानुनमन्त्रीसहित मुख्य दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन्। त्यस्तै प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुसँग छलफल जारी राखेका छन्। केहीबेरअघि प्रधानमन्त्रीले सभामुखलाई फोन गरेर आफूले कांग्रेससँग सहमति गरिरहेको र संसद् बैठक केही ढिला हुने जानकारी गराएका थिए।
अहिले छलफल जारी रहेको छ।