काठमाडौं— सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई दलको वरियताको सबैभन्दा माथि राख्ने भएको छ।
आज बसेको सुदूपश्चिम प्रदेश सभा माओवादी केन्द्रको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रदेश सभा सदस्य ओम विक्रम भाटले जानकारी दिए।
त्यस्तै आज बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने समेत निर्णय गरेको उनले बताए।
‘आजको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने र निर्वतमान संसदीय दलका नेता खगराज भट्टलाई दलको सबैभन्दा माथिल्लो वरियतामा राख्ने निर्णय गरेको छ,’ उनले भने।
२०८० साल माघ १२ गते भट्टराई दलको नेताबाट हटाइएको थियो। उनले पार्टीमा अडान कायम राख्न नसकेको र तत्कालिन समयमा सरकारसामू आफ्ना अडान राख्न नसकेको भन्दै दलको नेताबाट हटाइएको थियो।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि अहिले प्रदेशसभा बैठक बसेको छ।