News Griha :: न्यूजगृह
संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको ‘एसएमएस’ 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। 

कांग्रेसले सबै सांसदहरुलाई मोबाइलमा ‘एसएमएस’ मार्फत् अनिवार्य उपस्थित हुन भनेको हो। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले निरन्तर संसद्मा अवरोध गर्दै आइरहेको छ।

मंगलबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको कांग्रेसले अबका बैठकहरुमा अवरोध कायमै राख्नै जनाएको थियो। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरेको कांग्रेसले त्यसपछि धन्यवाद प्रस्ताव पेस हुन दिएको थिएन। 

आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि अझैसम्म बैठक सुरु हुन सकेको छैन। सभामुख घिमिरे प्रमुख सचेतकहरुसँग छलफलमा रहेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:४६
Weather Update