News Griha :: न्यूजगृह
२ बजेसम्मका लागि सारियो संसद् बैठक 
२ बजेसम्मका लागि सारियो संसद् बैठक  प्रतिनिधि सभाको आजका लागि बोलाइएको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। संसद्मा जारी अवरोध हटाउन सभामुखदेखि सत्ता र विपक्षी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। 
विपक्षी दलको बैठकः छानबिन समिति बनाउन एकमत, सभामुखलाई संयुक्त ध्यानाकर्षण गराउने 
विपक्षी दलको बैठकः छानबिन समिति बनाउन एकमत, सभामुखलाई संयुक्त ध्यानाकर्षण गराउने  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्नें विपक्षी दलहरुले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउने मागबारे ऐक्यबद्धता जनाएका छन्।  आज नयाँ बानेश्वरस्थित नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउने माग संसद्मा जोडतोडले उठाउने...
अन्य विपक्षी दलका नेताहरुसँग छलफलमा देउवा
अन्य विपक्षी दलका नेताहरुसँग छलफलमा देउवा संघीय संसद्का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका विपक्षी दलको बैठक जारी रहेको छ।संघीय संसद् भवन नयाँ बानेश्वरस्थित एक हलमा अहिले संसद्को गतिविधिका विषयमा छलफल भइरहेको छ। 
सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श
सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श संसद्मा देखिएको अवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गरेका छन्।प्रधानमन्त्री दाहालले सिंहदरबारमा सत्तामा रहेको नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन्। 
समय मागेर विपक्षी दलहरुसँगको छलफलमा कांग्रेस, संसद् बैठक ढिला हुने 
समय मागेर विपक्षी दलहरुसँगको छलफलमा कांग्रेस, संसद् बैठक ढिला हुने  शुक्रबार (आज) का लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि निर्धारित समयमा सुरु नहुने भएको छ। आज बिहान ११ बजेका लागि संसद् बैठक बोलाइएको थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय माग गरेकाले बैठक केही ढिला हुने सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। 
सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक 
सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक  सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने निर्णय गरेको छ। उक्त संशोधन विधेयक फिर्ता लिनका लागि सरकारले संसद् सचिवालयमा पत्र पठाइसकेको संसद् सचिवालय स्रोतले न्यूजगृहलाई जानकारी दिएको छ। ‘उक्त विषयको पत्र संसद् सचिवालयमा दर्ता भएको छ,’ स्रोतले भन्यो। 
कांग्रेसले भन्यो– सभामुखको भूमिका समेत निष्पक्ष भएन, विरोध कायमै रहन्छ
कांग्रेसले भन्यो– सभामुखको भूमिका समेत निष्पक्ष भएन, विरोध कायमै रहन्छ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा सभामुखको भूमिका निष्पक्ष नभएको निष्कर्ष निकालेको छ। आज बसेको कांग्रेसको संसदीय दलको बैठकले सभामुख तटस्थाको पद भए पनि सभामुखले आफ्नो गरिमा कायम राख्न नसकेको निष्कर्ष निकालेको हो।बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको विरोधकाबीच सभामुख देवराज घिमिरेले सभा सञ्चालन गरेका थिए। जसको...
कांग्रेसले बोलायो विपक्षी दलको बैठक 
कांग्रेसले बोलायो विपक्षी दलको बैठक  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा भइरहेको घटनाक्रमको बारेमा छलफलका लागि विपक्षी दलको बैठक बोलाएको छ। केहीबेरमा अन्य विपक्षी दलहरुसँग समेत छलफल गर्न लागिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले न्यूजगृहलाई जानकारी दिए। ‘संसद्मा भइरहेको घटनाक्रमको विषयमा छलफलका लागि हामीले विपक्षी दलहरुसँग पनि छलफल गर्न लागेका छौँ,’ उनले भने।बिहीबार संसद्मा...
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन्।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि  प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। आफ्नो दल विभाजन भएपछि...
सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको कांग्रेसले थप रणनीति बनाउँदै, बोलायो संसदीय दलको बैठक
सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको कांग्रेसले थप रणनीति बनाउँदै, बोलायो संसदीय दलको बैठक प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ। बैठक शुक्रबार बिहान ९ बजे संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि बिहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ।नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री...
बिहीबार तनावकाबीच स्थगित भएको संसद् बैठक शुक्रबार पनि बस्दै
बिहीबार तनावकाबीच स्थगित भएको संसद् बैठक शुक्रबार पनि बस्दै बिहीबार धक्कामुक्की भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ। सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेका लागि बैठक बोलाएका छन्।बिहीबारको बैठकमा सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदबीच संसद्‍मा भनाभन र धकेला धकेल भएपछि बैठक तनावकाबीच स्थगित भएको थियो। 
सभामुख र ओलीको कार्यशैलीले कांग्रेस सांसद उत्तेजित
सभामुख र ओलीको कार्यशैलीले कांग्रेस सांसद उत्तेजित अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखले जानकारी गराएका छन्। गृहमन्त्रीलाई बोल्न समय दिएको घोषणा हुनेबित्तिकै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले उनलाई रोक्न बाटो छेकेका थिए। अग्रस्थानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जुरुक्क उठेर ‘गृहमन्त्रीलाई बाटो छोडिदिन’ नारा लगाइरहेका सांसदलाई आग्रह गर्दै थिए। तर उनीहरुले बाटो नछाड्ने अडान...
Weather Update