News Griha :: न्यूजगृह
अन्य विपक्षी दलका नेताहरुसँग छलफलमा देउवा

काठमाडौंं— संघीय संसद्का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका विपक्षी दलको बैठक जारी रहेको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरस्थित एक हलमा अहिले संसद्को गतिविधिका विषयमा छलफल भइरहेको छ। 

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसद्मा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

बैठकमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी रहेका छन्।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय माग गरेर विपक्षी दलहरुसँग छलफल थालेपछि ढिला हुने भएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:१६
Weather Update