News Griha :: न्यूजगृह
२ बजेसम्मका लागि सारियो संसद् बैठक 

काठमाडौं— प्रतिनिधि सभाको आजका लागि बोलाइएको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ। 

बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। 

संसद्मा जारी अवरोध हटाउन सभामुखदेखि सत्ता र विपक्षी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। 

आज सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख  सचेतकहरुसँग समेत छलफल गरेका थिए। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा गतिविधिबारे विपक्षी दलका नेताहरुसँग छलफल गरेका थिए। 

छलफलमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको पैसा अपचलनका विषयमा संसदीय छानबिन समिति बनाउन एकमत देखिएको छ। 

त्यस्तै बिहीबार बसेको संसद् बैठकमा सभामुख घिमिरेले निष्पक्षता देखाउन नसकेको भन्दै सामूहिक ध्यानाकर्षण गर्ने निर्णय समेत भएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:५८
Weather Update