News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ। 

यसअघि बिहीबारको बैठक पनि कांग्रेसले अवरुद्ध पारेपछि आजका लागि बैठक बोलाइएको थियो। तर बैठकको कारबाही प्रारम्भ हुनै लाग्दा कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए। 

सो क्रममा राष्टियसभा अध्यक्ष नारायण दाहालले बाहिर उत्पत्ति भएको समस्यालाई लिएर राष्ट्रिय सभामा अवरोध गर्नु बान्छनीय नहुने बताएका थिए। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसद्को दुवै सदनको बैठकमा अवरोध गर्दै आइरहेको छ। 

आज प्रतिनिधि सभा बैठक बोलाइएको छ। बिहान ११ बजे बोलाइएको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखदेखि प्रधानमन्त्रीसम्म संसद्मा जारी अवरोध हटाउने प्रयासस्वरुप छलफल गरिरहेका छन्।  

राष्ट्रिय सभाको अर्को बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:५२
Weather Update