News Griha :: न्यूजगृह
संसद् बैठक अझै सुरु भएन, गृहमन्त्रीले सदनमा प्रस्तुत गर्न पाउलान् प्रस्ताव? 
संसद् बैठक अझै सुरु भएन, गृहमन्त्रीले सदनमा प्रस्तुत गर्न पाउलान् प्रस्ताव?  आज प्रतिनिधि सभा बैठक बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठक राजनीतिक दलदेखि सभामुखसम्म आन्तरिक छलफलमा रहेका कारण अझैसम्म बस्न सकेको छैन। यसअघिका बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आइरहेको थियो। 
बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते 
बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते  बागमती प्रदेश सरकारले आगामी जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उक्त जानकारी दिए। 
संसद् बैठकअघि छलफलमा जुटे विपक्षी दल
संसद् बैठकअघि छलफलमा जुटे विपक्षी दल संसद् बैठक बस्नुअघि विपक्षी दलको बैठक बसेको छ। केहीबेरअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बैठक बसेको हो। आजको बैठकले सहकारी संसद्मा विपक्षीहरुको प्रस्तुतीको विषयमा साझा धारणा बनाउनेछ। तर यसअघि निरन्तर सहकारी ठगी प्रकरणका विषयले संसद्मा हुने गरेको अवरोध भने हट्ने भएको छ। शनिबार सत्ता र प्रतिपक्षबीच...
सहकारी ठगी प्रकरणः समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी 
सहकारी ठगी प्रकरणः समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी  सरकारी ठगी प्रकरणको विषयमा छानबिन गर्न संसदीय समिति बनाउने सहमतिपछि बनेको कार्यदलको बैठक बसेको छ। आज बसेको कार्यदलको बैठकले सहकारीको पैसा अपचलनका विषयमा छानबिनका लागि बन्ने समितिको कार्यादेश टुंगो लगाउनेछ। कानुन मन्त्रालयमा जारी छलफलमा कानुनमन्त्री पदम गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका...
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल जुट्यो छलफलमा
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल जुट्यो छलफलमा सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंग्याउन आइतबार बैठक बस्दैछ। कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक आइतबार बिहान साढे ८ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन सहज
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन सहज विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिनामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्बाट विश्वासको मत लिन सहज वातावरण बनेको छ।संसदीय समिति बनाउनेबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच विवादले संसद् अवरुद्ध भएपछि दाहालले विश्वासको मत लिन अन्योल भएको थियो। दाहालले विश्वासको मत लिएपछि जेठ १ मा संसद्‌मा...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा बजेका लागि बोलाइएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आएको...
सहकारी ठगीमा छानबिन समितिको क्षेत्राधिकारमा सहमति खोज्न कार्यदल
सहकारी ठगीमा छानबिन समितिको क्षेत्राधिकारमा सहमति खोज्न कार्यदल सत्तापक्ष र प्रतिपक्षबीच सहकारी रकम हिनामिनामा सहमति जुटे पनि त्यसको क्षेत्राधिकारको विवाद मिलाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनेको छ।कार्यदलमा गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्।
संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षीबीच सहमति
संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षीबीच सहमति सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सो सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 
संसद् अवरोध खुलाउ सभामुखले दिए प्रधानमन्त्री र ओलीलाई तीन सुझाव 
संसद् अवरोध खुलाउ सभामुखले दिए प्रधानमन्त्री र ओलीलाई तीन सुझाव  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्को अवरोध खुलाउने विषयमा तीन सन्देश दिएका छन्।सभामुखको सचिवालयका अनुसार सभामुखले सहमति गरेपछि संसद् सञ्चालन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सहमति गर्न र अध्यादेशबाट बजेट ल्याउने संविधानले नै परिकल्पना नगरेको सन्देश दिएका छन्।
बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल
बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्रीको दाबी- संसद्को गतिरोध हट्छ, विश्वासको मत पाउँछु 
प्रधानमन्त्रीको दाबी- संसद्को गतिरोध हट्छ, विश्वासको मत पाउँछु  प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे। कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुन आवश्यक...
Weather Update