News Griha :: न्यूजगृह
संसद् बैठकअघि छलफलमा जुटे विपक्षी दल
फाइल तस्बिर

काठमाडौं— संसद् बैठक बस्नुअघि विपक्षी दलको बैठक बसेको छ। 

केहीबेरअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बैठक बसेको हो। 

आजको बैठकले सहकारी संसद्मा विपक्षीहरुको प्रस्तुतीको विषयमा साझा धारणा बनाउनेछ। तर यसअघि निरन्तर सहकारी ठगी प्रकरणका विषयले संसद्मा हुने गरेको अवरोध भने हट्ने भएको छ। 

शनिबार सत्ता र प्रतिपक्षबीच सहकारी ठगी प्रकरणमा छाननिब गर्न संसदीय छानबिन समिति बनाउने सहमतिपछि संसद्को अवरोध हट्ने भएको हो। 

शनिबार नै छानबिन समितिको कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल बनाइएको छ। उक्त कार्यदलको बैठक बसेको छ। 

आज ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १०:३९
Weather Update