News Griha :: न्यूजगृह
सदनको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल
सदनको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल संसद्को जारी अवरोध हटाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पारित गर्न सकेनन्।
आज सकिँदै एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक
आज सकिँदै एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक मंगलबार सकिँदैछ।जारी बैठकमा सोमबार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। 
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने यसअघि वैशाख २१ र २२ गते दुई पटक विश्वासको मत लिने जमर्को गरेका मुख्यमन्त्री सोडारी एमालेको अड्कोले विश्वासको मत लिन सकेका थिएनन्। नवनिर्वाचित सांसद दमनबहादुर भण्डारीलाई शपथ नलिएर गठबन्धनमा छलफल नगरी हतार गरेर विश्वासको मत लिन खोजेको, बझाङ उपचुनावमा एमालेलाई हराउने गरी उम्मेदवार खडा गरेको तथा गठबन्धनभित्रको एमाले र एकीकृत...
नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले सत्तारुढ नेकपा एमालेका नेता एवं सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया दिएका छन्।संसद्को आजको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो दलका प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रम समग्रमा उत्साहप्रद रहेको र कतिपय राम्रा कार्यक्रम उल्लेख भएको बताए।
दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम
दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडि बढ्न नसकेको हो।
कांग्रेसले घेर्‍यो प्रतिनिधि सभाको रोष्टम, बैठक स्थगित 
कांग्रेसले घेर्‍यो प्रतिनिधि सभाको रोष्टम, बैठक स्थगित  प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरोध गरेको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरुद्ध गरेको हो।
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ। मंगलबार साँझ बसेको राष्ट्रिय सभा बैठक कांग्रेसले अवरोध गरेको हो।बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेका थिए। उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।
कांग्रेसको प्रतिक्रिया- नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन
कांग्रेसको प्रतिक्रिया- नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको प्रतिक्रिया दिएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रम परम्परागत रहेको टिप्पणी गरेका  छन्।लेखकले नीति तथा कार्यक्रम बारे टिप्पणी गर्दै देशमा रहेको आर्थिक मन्दीको बारेमा कुनै कार्यक्रम नै नरहेको बताएका छन्।
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम [पूर्णपाठ]
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम [पूर्णपाठ] सरकारले आगामी आर्थिक २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ। आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा सरकारले आगामी वर्षमा सरकारले कस्ता कस्ता क्षेत्रलाई प्राथमिकता दिन्छ भन्ने विषयमा जानकारी गराए। 
नीति तथा कार्यक्रमः राजनीति गर्ने शिक्षकहरुलाई थप कडाइ गरिने 
नीति तथा कार्यक्रमः राजनीति गर्ने शिक्षकहरुलाई थप कडाइ गरिने  सरकारले शिक्षकहरुले राजनीतिक दलको सदस्यता लिने प्रवृत्तिलाई थप कडाइ गर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षकहरुलाई राजनीतिक गतिविधिबाट टाढा राख्न लागेको हो। आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकहरुले राजनीतिक दलको सदस्य लिने प्रवृत्तिलार्ई निर्मूल पार्ने नीतिलाई...
नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद्को संयुक्त बैठक सुरु
नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद्को संयुक्त बैठक सुरु संघीय संसद्को दुवै सदनको संयुक्त बैठक सुरु भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका लागि आजका लागि संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बोलाइएको हो। आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 
संसद् भवन पुगे राष्ट्रपति पौडेल 
संसद् भवन पुगे राष्ट्रपति पौडेल  राष्ट्रपति रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका लागि राष्ट्रपति पौडेल संसद् भवन पुगेका हुन्। आज संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।  
Weather Update