News Griha :: न्यूजगृह
सदनको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं— संसद्को जारी अवरोध हटाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पारित गर्न सकेनन्।

सचिवालयका अनुसार भेटमा सभामुख घिमिरेले संसद्मा भएको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन्।

अब दुवै सदनको बैठक बिहीबार बोलाइएको छ। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरुद्ध पार्दै आएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:०७
Weather Update