News Griha :: न्यूजगृह
संसद् भवन पुगे राष्ट्रपति पौडेल 

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन्। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका लागि राष्ट्रपति पौडेल संसद् भवन पुगेका हुन्। 

आज संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।  

उनी सामान्य सवारीको मार्फत् संघीय संसद भवन पुगेका थिए। उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले स्वागत गरेका छन्। 

यसअघि मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरिसकेको छ।  

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:०९
Weather Update