News Griha :: न्यूजगृह
दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम

काठमाडौं— सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडि बढ्न सकेन।

राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडि बढ्न नसकेको हो।

नीति तथा कार्यक्रम प्रस्तुत पछि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको कांग्रेसले प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गरेको थियो।

त्यस्तै प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले वेल घेरेर नाराबाजी गरेका थिए। सभामुख देवराज घिमिरे जबर्जस्ती बैठक सञ्चालन गर्न खोजेको बुझेपछि कांग्रेसका सांसदहरू नाराबाजी घेर्दै वेल घेर्न पुगेका थिए।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दैआएको आज राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने बाहेकका कार्यक्रम अवरोध गर्ने यस अघि नै जानकारी दिएको थियो। 

अब दुवै सदनको बैठक जेठ ३ गते बस्ने भएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:१७
Weather Update