कांग्रेसले घेर्यो प्रतिनिधि सभाको रोष्टम, बैठक स्थगित

काठमाडौं— प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरोध गरेको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरुद्ध गरेको हो।
राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बसेको बैठकमा कांग्रेसले रोष्टम घेर्दै ‘सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन गठन गर’ भन्दै नाराबाजी गरेको छ।
सभामुख देवराज घिमिरेले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नुपर्ने व्यवस्था रहेकोले धन्यवाद ज्ञापनको प्रस्ताव पारित गर्नका लागि आग्रह गरेपनि विपक्षी दल कांग्रेसले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको हो ।
अर्को बैठक जेठ ३ गते बिहीबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १८:२७