News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ। हिजो बस्ने भनिएको बैठक आज बिहान ८ बजेका लागि सारिएको थियो। सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो।
सरकारको नीति तथा कार्यक्रम आज
सरकारको नीति तथा कार्यक्रम आज सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुने भएको छ।मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का प्रवक्ता दशरथ धमलाले जानकारी दिए। 
स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ
स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएका उपेन्द्र यादवले आजै राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गरेका थिए। नाउपामा देखिएको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादी...
माधव नेपालको प्रतिवेदन- गठबन्धन बदलिन सक्छ
माधव नेपालको प्रतिवेदन- गठबन्धन बदलिन सक्छ नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ।पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन्।उनले वर्तमान संसद्को संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन्।
मधेसमा नयाँ सरकार गठनको खेल, सबै दलको आ–आफ्नै दाबीले थपियो चुनौती
मधेसमा नयाँ सरकार गठनको खेल, सबै दलको आ–आफ्नै दाबीले थपियो चुनौती आइतबार मधेस प्रदेशबाट मुख्य दलहरु नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएसँगै त्यहाँ नयाँ सरकार गठनको खेल सुरु भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेसँगै जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिएका हुन्।मधेसका मुख्यमन्त्री जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेसँगै एमाले–माओवादीसहित लोसपा र जनमतसहितको...
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता 
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता  सरकारबाट बाहिरिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज पदबाट राजीनामा दिँदै सरकार छाडेका हुन्। यादवले सभामुखलाई पत्र पठाउँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका...
संसद्को अवरोध हटाउन सभामुखको पहल, देउवा र लामिछानेसँग गरे संवाद 
संसद्को अवरोध हटाउन सभामुखको पहल, देउवा र लामिछानेसँग गरे संवाद  नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।सोमबार दिउँसो टेलिफोनमार्फत सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति...
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत 
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेश सभा बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले कार्कीले विश्वासको मत प्राप्त गरेका हुन्। ९३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा ६२ प्रदेश सभा सदस्य उपस्थित रहेका थिए। बहुमतका लागि ४७ मत आवश्यक रहे पनि उनको...
जसपा नेपाल विभाजनविरुद्ध उपेन्द्रले दिए सर्वोच्चमा रिट, भोलि पेसी  
जसपा नेपाल विभाजनविरुद्ध उपेन्द्रले दिए सर्वोच्चमा रिट, भोलि पेसी   जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्। सोमबार दिउँसो सर्वोच्च पुगेर दल विभाजनविरुद्ध रिट दायर गरेका हुन्। केहीबेरअघि रिट दर्ता भएको र मंगलबार (भोलि) का लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए।
उपेन्द्रको राजीनामासँगै जसपा सरकारमा, प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै
उपेन्द्रको राजीनामासँगै जसपा सरकारमा, प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) सरकारमा सामेल हुने भएको छ। अशोक राईले नेतृत्व गरिरहेको जसपाले आजै सरकारमा सामेल हुन लागेको हो। वर्तमान सरकारको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका...
कोशीमा एकीकृत समाजवादीः मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने
कोशीमा एकीकृत समाजवादीः मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने कोशी प्रदेश सभामा नेकपा एकीकृत समाजावदीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने भएको छ। आज बसेको प्रदेश सभा बैठकमा कोशी प्रदेश एकीकृत समाजवादीका प्रदेश सभा सदस्य कमलप्रसाद जबेगुले बताए। मुख्यमन्त्री कार्कीले विश्वासको मत मागिसकेपछि बोलेका जबेगुले आफूहरुले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जानकारी गराए। 
Weather Update