News Griha :: न्यूजगृह
कोशी प्रदेश सभा बैठक जारी, कांग्रेसले गर्‍यो बहिस्कार 
कोशी प्रदेश सभा बैठक जारी, कांग्रेसले गर्‍यो बहिस्कार  नेपाली कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिस्कार गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अहिले कोशी प्रदेश सभाको बैठक बसिरहेको छ। तर नेपाली कांग्रेस भने बैठकमा अनुपस्थित रहेको छ। गत बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त...
कांग्रेसको चट्टानी अडान– संसदीय समिति नभए नीति तथा कार्यक्रम प्रस्तुत हुन दिन्नौँ 
कांग्रेसको चट्टानी अडान– संसदीय समिति नभए नीति तथा कार्यक्रम प्रस्तुत हुन दिन्नौँ  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिनका लागि समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा पनि यसअघिकै मागलाई निरन्तरता दिने निर्णय गरेको हो।  मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको...
उपेन्द्र यादवले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा नेपाल
उपेन्द्र यादवले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा नेपाल उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्। ‘आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,’ उनले भने। 
संसद्को अवरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई सभामुखको फोन 
संसद्को अवरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई सभामुखको फोन  सभामुख देवराज घिमिरेले संसद्मा जारी गतिरोध अन्त्य लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। सोमबार बिहान सभामुख घिमिरेले प्रधानमन्त्रीसँग फोनवार्ता गरी नीति तथा कार्यक्रमका विषयमा छलफल गरेका हुन्। उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारीबारे छलफल भएको सभामुखका प्रेस संयोजक...
कोशी प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने 
कोशी प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ। गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। उनको दल नेकपा एमालेको ३९ र माओवादी केन्द्रको १३ प्रदेश सभा गरी ५२ जनाको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए।
कांग्रेस संसदीय दलको बैठक सर्‍यो 
कांग्रेस संसदीय दलको बैठक सर्‍यो  नेपाली कांग्रेस संसदीय दलको बैठक सरेको छ। यसअघि कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएकोमा स्थगित गर्दै मंगलबार बिहान ९ बजेका लागि सारेको हो। कांग्रेसको कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजेबाट संसदीय दलको बैठक बस्नेछ। 
बागमती प्रदेश सभाको बजेट अधिवेशन आजबाट
बागमती प्रदेश सभाको बजेट अधिवेशन आजबाट बागमती प्रदेश सभाको बैठक सोमबार बस्दै छ। बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका छन्। बजेट अधिवेशनको रुपमा समेत आह्वान गरिएको प्रदेश सभाको आजको बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको...
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै अर्कोतर्फ उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गरेका छन्। उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ। यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिने उपेन्द्र यादवको तयारी 
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिने उपेन्द्र यादवको तयारी  जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने विषयमा छलफल भएको छ।सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपा नेपालले जनाएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई...
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्दै छ।कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 
उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव
उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै केन्द्रीय सरकारको मन्त्रिपरिषद्मा समेत त्यसको असर परेको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएको स्रोतले बताएको छ। उपप्रधानमन्त्री यादव जनता समाजवादी पार्टी नेपालका अध्यक्ष हुन्।
प्रचण्डको प्रष्टोक्ति– जीबी राईलाई भगाएको हल्ला बेतुकका कुरा हुन्
प्रचण्डको प्रष्टोक्ति– जीबी राईलाई भगाएको हल्ला बेतुकका कुरा हुन् आइतबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले भने, 'कुतर्क कसैले पनि नगरौँ। जीबी राईलाई ल्याउनु पर्दछ भन्नेमा सरकार प्रष्ट छ। पासपोर्टको इस्युले गर्दा समस्या भएको हो। त्यसलाई हल गर्न खोजिँदैछ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले र अघिल्लो गृहमन्त्रीले भगाएको भन्नु बेतुकको तर्क हो।' 
Weather Update