News Griha :: न्यूजगृह
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत  
फाइल तस्बिर

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्। 

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका हुन्। 

उनले विश्वासको मत माग्दै आफू नेतृत्वको सरकारले प्रदेशका नागरिकहरुको शिर निहुरिने काम नगर्ने प्रतिवद्धता व्यक्त गरे।साथै आफूले समग्र प्रदेशको विकासका लागि काम गर्ने बताए। 

गत बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीेले आज विश्वासको मत लिन लागेका हुन्। 

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने भने उक्त बैठक बहिस्कार गरेको छ। 

यता प्रतिपक्षी दल राप्रपा भने बैठकमा सहभागि रहेको छ। 

कोशी प्रदेश सभामा कांग्रेसका २९ प्रदेश सभा सदस्य रहेका छन्। भने राप्रपाका ६ प्रदेश सभा सदस्य रहेका छन्। कांग्रेस र राप्रपाबाहेक अन्य दलहरु नेकपा एमालेसहित माओवादी केन्द्र, एकीकृत समाजवादीले भने मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनेछन्। 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:५५
Weather Update