News Griha :: न्यूजगृह
उपेन्द्र यादवले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा नेपाल

काठमाडौं—  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। 

यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्। 

‘आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,’ उनले भने। 

उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।

उनीसँगै राज्यमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन्। त्यससँगै जसपा सरकारबाट बाहिरिएको छ। 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेसँगै त्यसको असर मन्त्रिपरिषद्मा परेको हो। त्यसो त जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकार समेत आइतबार अल्पमतमा परेको छ। मधेसबाट माओवादी केन्द्र  बाहिरिएसँगै प्रधानमन्त्रीले उपेन्द्रलाई सरकार छाड्न सन्देश पठाएका थिए।  

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:१८
Weather Update