News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक सर्‍यो 
फाइल तस्बिर

काठमाडौं— नेपाली कांग्रेस संसदीय दलको बैठक सरेको छ। 

यसअघि कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएकोमा स्थगित गर्दै मंगलबार बिहान ९ बजेका लागि सारेको हो। कांग्रेसको कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजेबाट संसदीय दलको बैठक बस्नेछ। 

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ। त्यसअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो। 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकोमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ। 

संसदीय छानबिन समिति गठन नभए सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने कांग्रेसको रणनीति छ।

संसद्को गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्रीदेखी सभामुखसम्मले कांंग्रेससँगको छलफललाई निरन्तरता दिँदै आइरहेका छन्। तर कांग्रेसले भने संसदीय छानबिन समिति नबनाएसम्म पछि नहट्ने अडान कायम राख्दै आइरहेको छ।  

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:२७
Weather Update