News Griha :: न्यूजगृह
उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं— मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै केन्द्रीय सरकारको मन्त्रिपरिषद्मा समेत त्यसको असर परेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएको स्रोतले बताएको छ। उपप्रधानमन्त्री यादव जनता समाजवादी पार्टी नेपालका अध्यक्ष हुन्।

►प्रचण्ड सरकारबाट बाहिरिने तयारीमा जसपा नेपाल

उनकै दलका नेता सरोज यादव मधेस प्रदेशका मुख्यमन्त्री छन्। 

मधेसको सरकारबाट आफ्नो दलका तर्फबाट मन्त्री रहेका भरतकुमार साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएलगत्तै उपप्रधानमन्त्री यादवलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले सन्देश पठाएका हुन्। 

मधेसमा एमालेसमेत सरकारबाट बाहिरिएको छ। नयाँ सरकार गठनको लागि एमालेले मधेसमा कसरत सुरु गरेको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १९:१०
Weather Update