News Griha :: न्यूजगृह
माओवादीले छाड्यो मधेस प्रदेश सरकारको साथ, समर्थन फिर्ता 

काठमाडौं— नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आइतबार नै मधेस प्रदेश सरकारका दुई मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए। 

मन्त्रीहरुले राजीनामा बुझाए लगत्तै माअ‍ोवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद शाहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्।

‘उपरोक्त सम्बन्धमा मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ती गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेकपा माओवादी केनद्रको समर्थन रहेकोमा आजैका मितिबाट समर्थन फिर्ता लिइएको जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ। 

माओवादीले पछिल्लो समयमा मधेस प्रदेश भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै आइरहेको थियो।  

त्यस्तै नेकपा एमालेले पनि मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। 

हाल मधेसमा जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार रहेको छ। दुई प्रमुख दलले समर्थन फिर्ता लिएसँगै मधेस प्रदेश सरकार संकटमा परेको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:१६
Weather Update