News Griha :: न्यूजगृह
मधेसमा एमालेले पनि लियो समर्थन फिर्ता, मुख्यमन्त्री यादव अल्पमतमा 

काठमाडौं— नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। 

केहीबेरअघि ४ मन्त्री र २ राज्यमन्त्रीले मधेस प्रदेश सरकारबाट राजीनामा दिएका थिए।

उनीहरुले राजीनामा बुझाए लगत्तै मधेसमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले मधेस प्रदेशका सदस्य हरिनारायण महतोले न्यूजगृहलाई जानकारी दिए। 

‘हाम्रा मन्त्रीहरुले राजीनामा दिएपछि हामीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ,’ महतोले भने। 

त्यसो त यसअघि आजै नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको छ। दुई प्रमुख दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव अल्पमतमा परेका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:४०
Weather Update