मधेसमा नयाँ सरकार गठनको कसरत सुरु, एमालेले नेतृत्व गर्नेआइतबार, वैशाख ३०, २०८१

प्रचण्ड सरकारबाट बाहिरिने तयारीमा जसपा नेपाल आइतबार, वैशाख ३०, २०८१ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट बाहिरिने तयारी गरेको छ।नेकपा एमाले र माओवादी केन्द्रले मधेस सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो।जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल भइरहेको बताए। यस विषयमा केन्द्रीय समिति बैठकमा...

मधेसमा एमालेले पनि लियो समर्थन फिर्ता, मुख्यमन्त्री यादव अल्पमतमा आइतबार, वैशाख ३०, २०८१ नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केहीबेरअघि ४ मन्त्री र २ राज्यमन्त्रीले मधेस प्रदेश सरकारबाट राजीनामा दिएका थिए।उनीहरुले राजीनामा बुझाए लगत्तै मधेसमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले मधेस प्रदेशका सदस्य हरिनारायण महतोले न्यूजगृहलाई जानकारी दिए।
-1715513483.jpg)
माओवादीले छाड्यो मधेस प्रदेश सरकारको साथ, समर्थन फिर्ता आइतबार, वैशाख ३०, २०८१ नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।आइतबार नै मधेस प्रदेश सरकारका दुई मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए। मन्त्रीहरुले राजीनामा बुझाए लगत्तै माअोवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद शाहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्।

एमाले प्रमुख सचेतक भन्छन्– कांग्रेस समितिको नाममा सरकार मागिरहेको छ आइतबार, वैशाख ३०, २०८१ प्रमुख प्रतिपक्षी दलको माग अनुसार गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा छानबिन गर्न संसदीय समिति बन्न नसक्ने दाबी एमालेले गरेको छ। सभामुख देवराज घिमिरेले आइतबार बोलाएको कानुनमन्त्री र प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो दाबी गरेका हुन्। कांग्रेसले गरेको संसदीय छानबिन समिति गठनको माग कानुनसम्मत...

संकटमा मधेस प्रदेश सरकार, एमाले र माओवादीले समर्थन फिर्ता लिँदै आइतबार, वैशाख ३०, २०८१ मधेस प्रदेशबाट नेकपा एमाले पनि बाहिरिने भएको छ। त्यसबारेमा छलफलका लागि अहिले मधेस प्रदेश एमाले संसदीय दलको बैठक बसिरहेको छ। आज नै नेकपा माओवादी केन्द्रले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
-1715505849.jpg)
राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री प्रचण्ड आइतबार, वैशाख ३०, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। आइतबार दिउँसो राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन्।भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
-1715505293.jpg)
कानुनमन्त्रीसहित प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलमा सभामुख आइतबार, वैशाख ३०, २०८१ सभामुख देवराज घिमिरेले कानुनमन्त्रीसहित राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन्।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुखले नीति तथा कार्यक्रम, संसद्को गतिरोध अन्त्य लगायतका विषयमा छलफल थालेका हुन्। जारी छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभामुख इन्दिरा रानासहित राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरु रहेका छन्।
कांग्रेसको मागबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्– भोलि साँझसम्म हामी निष्कर्षमा पुग्छौँ आइतबार, वैशाख ३०, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अघि सारेका मागमा आफू गम्भीर रहेको बताएका छन्। सदनमा भइरहेको अवरोध हटाउने प्रयासस्वरुप आज कांंग्रेससँगको छलफलपछि प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।प्रधानमन्त्री प्रचण्डले आजको छलफल निष्कर्षमा नपुगेपनि सोमबार साँझसम्म एउटा निष्कर्षमा पुगेर नीति तथा कार्यक्रम सहज ढंगले अघि बढाउने गरी छलफल...

विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी, माथिको निर्णय कुर्दै एमाले आइतबार, वैशाख ३०, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री सोडारीले आगामी जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्। यसअघि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइए पनि एमालेको कारण रोकिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली नै आन्तरिक छलफल गरेर मात्रै...

प्रचण्डसँगको छलफलपछि गगनले भेटे शेखरलाई आइतबार, वैशाख ३०, २०८१ नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। आइतबार भएको भेटमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिका विषयमा गम्भीर छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक आइतबार, वैशाख ३०, २०८१ सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरुको माग बमोजिम संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको बताएका हुन्। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै नेपाली कांग्रेसले निरन्तर छानबिन समितिको मागलाई...

सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक आइतबार, वैशाख ३०, २०८१ मुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।