News Griha :: न्यूजगृह
संकटमा मधेस प्रदेश सरकार, एमाले र माओवादीले समर्थन फिर्ता लिँदै  

काठमाडौं— मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिने भएको छ। 

त्यसबारेमा छलफलका लागि अहिले मधेस प्रदेश एमाले संसदीय दलको बैठक बसिरहेको छ। 

आज नै नेकपा माओवादी केन्द्रले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

एमाले र माओवादी सरकारबाट बाहिरिएपछि मधेस प्रदेश सरकार संकटमा पर्ने देखिन्छ। 

मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार रहेको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको असर मधेस प्रदेशमा देखिएको हो। 

अशोक रार्ईले जसपा नेपालबाट ७ सांसदसहित बहुमत केन्द्रीय सदस्य लिएर नयाँ दल जसपा गठन गरेका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:४६
Weather Update