News Griha :: न्यूजगृह
सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक
फाइल तस्बिर।

काठमाडौं— सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।

तर नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ। 

प्रमुख प्रतिपक्षीको अवरोधका कारण आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्यौलमा परेपछि सभामुखले संसद् खुलाउने विषयमा पहल गरिरहेका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १०:५५
Weather Update