कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने शुक्रबार, वैशाख २८, २०८१

दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश शुक्रबार, वैशाख २८, २०८१ सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार गण्डकी प्रदेशको विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

यी हुन् बिहीबार बसेको मन्त्रिपरिषद्का २५ निर्णय शुक्रबार, वैशाख २८, २०८१ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायल घटनामा मारिएका ६ नेपालीको शव विमानस्थलबाट सम्बन्धित ठाउँमा पठाउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

रविको गगनलाई चुनौती- निवेदन दिएर सहकारीबाट ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु शुक्रबार, वैशाख २८, २०८१ प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिए। उनले प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका छन्। उनले संसद्मा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाई लाई संसदबाट जवाफ दिन खोजेको बताए।

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक जेठ १ गते बस्ने शुक्रबार, वैशाख २८, २०८१ प्रतिनिधि सभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक स्थगित गरेका हुन्।आजको दोस्रो बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए...

कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाट रोक्यो, संसद्मा नाराबाजी जारी शुक्रबार, वैशाख २८, २०८१ नाराबाजीका बीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।

कांग्रेसको अवरोधपछि संघीय संसद्को दुवै सदन प्रभावित, राष्ट्रिय सभा बैठक जेठ १ गतेसम्म सर्यो शुक्रबार, वैशाख २८, २०८१ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोधका कारण संघीय संसद्का दुवै सदनको बैठक प्रभावित भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानको विषयमा छानबिन गर्न समिति माग गर्दै कांग्रेसले विरोध जनाउँदै आइरहेको छ। जसको कारण आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक प्रभावित भएको हो।

कांग्रेसको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित शुक्रबार, वैशाख २८, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। यसअघि जस्तै कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै त्यसको लागि छानबिन गर्न समिति बनाउनुपर्ने मागलाई कायमै राखेको हो।

संसद्मा अवरोध खडा गर्दै कांग्रेसले भन्यो– प्रतिपक्षीको प्रश्नको घाँटी निमोठियो शुक्रबार, वैशाख २८, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको मागलाई अघि सार्दै शुक्रबार पनि संसद् बैठकमा अवरोध कायमै राखेको छ। आजबाट संसद्को बजेट अधिवेशन सुरु भएको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने यसअघिको मागलाई निरन्तरता दिएको...
-1715339816.jpg)
ढिला गरी सुरु भयो संसद् बैठक, कांग्रेसको अवरोध कायमै शुक्रबार, वैशाख २८, २०८१ निर्धारित समयमा २ घण्टा ढिला संसद्को बजेट अधिवेशन सुरु भएको छ। शुक्रबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडानलाई कायमै राख्दा बैठक अन्योल बनेको थियो।
-1715336280.jpg)
पशुपति क्षेत्रमा समेत राजनीति हुनु दुर्भाग्यपूर्णः मन्त्री तामाङ शुक्रबार, वैशाख २८, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति जस्तो धार्मिक क्षेत्रमा पनि राजनीति हुनु दुःखद रहेको बताएका छन्। शुक्रबार काठामाडौंमा आयोजित पशुपति क्षेत्र विकास कोषको ३८औँ वाषिकोत्सव समारोहमा बोल्दै उनले अहिलेसम्म देशलाई अगाडि बढ्न नदिने र प्रगतीको बाधकको रुपमा गैर राजनीतिक क्षेत्रमा राजनीति हाबी भएको बताए।

बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान शुक्रबार, वैशाख २८, २०८१ बागमती प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।
कांग्रेसको अडानले अन्योलमा संसद् बैठकः जुटेन सहमति, पुनः छलफल हुँदै शुक्रबार, वैशाख २८, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि आजबाट सुरु हुने संसद्को बजेट अधिवेशन सुरु हुन ढिलाइ भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कांंग्रेसले कायमै राखेको छ। शुक्रबार कार्य व्यवस्था तथा परामर्श समितिको बैठक अघि सभामुख देवराज घिमिरेले कांग्रेससँग छलफल...