News Griha :: न्यूजगृह
दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं— सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार गण्डकी प्रदेशको विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

इजलासले नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अर्को सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो। 

योसँगै सर्वोच्चले जेठ ८ गतेसम्म मुख्यमन्त्री खगराज अधिकारीलाई काम चलाऊ बनाइदिएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १९:३६
Weather Update