सरकारको नीति तथा कार्यक्रम जेठ १ गतेबिहीबार, वैशाख २७, २०८१

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीबार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले शपथ गराएका हुन्। यसअघि बिहीबार नै प्रदेश प्रमुख खापुङ्गले एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।
-1715251150.jpg)
अशोक राई भन्छन्– ...अनि पार्टी विभाजन गर्न बाध्य भयौँ बिहीबार, वैशाख २७, २०८१ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले जसपा नेपालको नेतृत्वले पार्टीलाई कब्जा गर्न खोजेपछि आफूहरु विभाजनको बाटोमा लाग्नुपरेको दाबी गरेका छन्। पार्टी विभाजनपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन नै अनियमित ढङ्गले गर्ने र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले...

कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलि पेसी बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निर्वतमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्। बुधबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। आफू मुख्यमन्त्री रहेका बेला नयाँ सरकार गठनका लागि आह्वान गरिएको भन्दै कार्की बिहीबार सर्वोच्च...

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एमाले कोशी प्रदेश संंसदीय दलका नेता कार्कीले बिहीबार (आज) एमाले र माओवादीका गरी ५२ प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

बझाङ प्रदेश सभा १ बाट निर्वाचित भण्डारीले लिए शपथ बिहीबार, वैशाख २७, २०८१ सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।बिहीबार प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी समक्ष उनले शपथग्रहण गरेका हुन्। भण्डारी गत बैशाख १५ गते बझाङ प्रदेश सभा (१) भएको उपनिर्वाचनबाट निर्वाचित भएका थिए।

कोशी प्रदेश प्रमुखले सांसदलाई सनाखत गर्न बोलाए बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन्।एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित आजै दाबी पेस गरिएको थियो।

पार्टी विभाजनपछि जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक बिहीबार, वैशाख २७, २०८१ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।आगामी वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
![यी हुन् कोशीमा कार्कीलाई समर्थन गर्ने ५२ प्रदेश सभा सदस्य [नामावलीसहित]](https://newsgriha.com/uploads/posts/520X390/Hikmat_Karki_koshi-1715225583.jpg)
यी हुन् कोशीमा कार्कीलाई समर्थन गर्ने ५२ प्रदेश सभा सदस्य [नामावलीसहित] बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन्। नेकपा एमालेका ३९ र माओवादी केन्द्रका १२ गरी ५२ प्रदेश सभा सदस्यको समर्थनसहित कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। बुधबार कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। हालका मुख्यमन्त्री केदार कार्की अल्पमतमा रहेको भन्दै...
-1713955690.jpg)
कोशीमा नयाँ सरकार गठनको आह्वानविरुद्ध रिट बोकेर सर्वोच्चमा मुख्यमन्त्री कार्की बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि गरिएको आह्वानविरुद्ध रिट निवेदन बोकेर मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन्। बुधबार प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीले गरे दाबी पेस बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन्। केहीबेरअघि एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका कार्कीले ५२ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष दाबी पेस गरेका हुन्।
कांग्रेस संसदीय दलको बैठक स्थगित बिहीबार, वैशाख २७, २०८१ नेपाली कांग्रेसले बिहीबार (आज) का लागि बोलाइएको संसदीय दलको बैठक स्थगित भएको छ। पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण आजका लागि बोलाइएको बैठक स्थगित भएको हो।

कोशीः मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले ११ बजे दाबी पेस गर्ने बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले केहीबेरमा दाबी पेस गर्दैछन्। बुधबार कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सोही अनुसार कार्कीले माओवादीसहित गठबन्धन दलको समर्थनमा दाबी पेस गर्न लागेका हुन्।