News Griha :: न्यूजगृह
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीले गरे दाबी पेस 

काठमाडौं— कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन्। 

केहीबेरअघि एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका कार्कीले ५२ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष दाबी पेस गरेका हुन्। 

Prabhu Bank

प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बुधबार कोशीमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। शुक्रबार अपरान्ह ५ बजेसम्म दाबी पेस गर्न समयसीमा रहे पनि त्यसअगावै कार्कीले दाबी पेस गरेका हुन्।

हालका मुख्यमन्त्री कांग्रेसका केदार कार्की अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो। यता आफू बहाल रहँदा रहँदै अर्को सरकार गठनका लागि आह्वान गरिएको भन्दै त्यसकोविरुद्ध कार्की सर्वोच्च जाने तयारीमा रहेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:५४
Weather Update