News Griha :: न्यूजगृह
संवैधानिक परिषद् सम्बन्धी विधेयकमा गठबन्धन दलहरुमै मदभेद
संवैधानिक परिषद् सम्बन्धी विधेयकमा गठबन्धन दलहरुमै मदभेद संवैधानिक परिषद् सम्बन्धी विधेयकमा सत्तारुढ गठबन्धन दलहरुबीच नै मतभेद देखिएको छ।  बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्ता गठबन्धन दलहरुबीच नै विधेयकबारे स्पष्ट अडान हुननसकेपछि समितिको अर्को बैठकमा यसबारे निर्णय हुने भएको छ। 
कोशी प्रदेशः बैठक बोलाउन अटेर गरेपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको अर्को पत्र 
कोशी प्रदेशः बैठक बोलाउन अटेर गरेपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको अर्को पत्र  कोशी प्रदेश सरकारले प्रदेश अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखलाई अर्को पत्र पठाएको छ। बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी जेठ ११ गते कोशी प्रदेशको अधिवेशन बोलाउन आग्रह गर्दै अर्को पत्र पठाएको हो। यसअघि २०८० साल बैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुख...
शपथपछि सुहाङले भने– बुबाले देखाएको इमानको बाटोमा सबैसँग सहकार्य गरेर अघि बढ्छु 
शपथपछि सुहाङले भने– बुबाले देखाएको इमानको बाटोमा सबैसँग सहकार्य गरेर अघि बढ्छु  नेकपा एमालेका सांसद् सुहाङ नेम्वाङले आफ्ना बुबा स्वर्गीय सुवास नेम्वाङले देखाएको इमानको बाटोमा अडिग भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।बुधबार पद तथा गोपनियताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले आफ्ना बुबाले देखाएको इमान र निष्ठाको राजनीतिक बाटोमा हिँडेर सबैसँग सहकार्य गर्दै विकासका लागि अघि बढ्ने बताए। 
उपेन्द्रले भने– मधेस आन्दोलनलाई धरापमा पार्न पार्टी फुटाइयो, अदालत जान्छौँ 
उपेन्द्रले भने– मधेस आन्दोलनलाई धरापमा पार्न पार्टी फुटाइयो, अदालत जान्छौँ  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दाहरुलाई धरापमा पार्न पार्टी फुटाइएको आरोप लगाएका छन्।अशोक राईको नेतृत्वमा नयाँ पार्टी गठन भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका यादवले राजनीतिक दलसम्बन्धी ऐन विचाराधीन रहेको अवस्थामा पार्टी दर्ता गर्नु असंवैधानिक रहेको समेत बताए।   
सुहाङले लिए पद तथा गोपनियताको शपथ
सुहाङले लिए पद तथा गोपनियताको शपथ इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।मंगलबार संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन्। शपथपछि सभामुख घिमिरेले नेम्वाङलाई सांसद्को प्रतिक चिन्ह प्रदान गरेका हुन्। 
पार्टी फुट्ने चर्चाबारे झलनाथ भन्छन्– कम्युनिस्ट विरोधी तत्वले हल्ला फैलाए 
पार्टी फुट्ने चर्चाबारे झलनाथ भन्छन्– कम्युनिस्ट विरोधी तत्वले हल्ला फैलाए  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी विभाजनको कुरा हल्ला मात्रै भएको दाबी गरेका छन्। केही दिनदेखि खनालले केही सांसदहरु लिएर नयाँ पार्टी बनाउने हल्लाकाबीच विज्ञप्ति जारी गर्दै उनले कम्युनिस्ट विरोधी तत्वहरुले हल्ला फैलाएको बताएका हुन्। 
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक 
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँग छलफल गर्ने भएका छन्। सभापति देउवाले बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले न्यूजगृहलाई जानकारी दिए। 
पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल 
पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल  पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दै छ।पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए।
सुहाङ नेम्वाङले सांसद पदको शपथ ग्रहण गर्दै 
सुहाङ नेम्वाङले सांसद पदको शपथ ग्रहण गर्दै  इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले बुधबार शपथ ग्रहण गर्दै छन्।सभामुख देवराज घिमिरेले बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन्।शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको संसद् सचिवालयले जनाएको छ। 
सत्तामै रहने एकीकृत समाजवादीको निष्कर्ष
सत्तामै रहने एकीकृत समाजवादीको निष्कर्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको सचिवालय बैठकले सरकारमा पार्टी सहभागितालाई निरन्तरता दिने निर्णय गरेको हो।
जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्ने
जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन्।मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिएका छन्।दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष...
सहकारी ठगी प्रकरणबारे गृहमन्त्री लामिछाने भन्छन्– एकैपटक मान्छेलाई थुन्न खोज्ने? 
सहकारी ठगी प्रकरणबारे गृहमन्त्री लामिछाने भन्छन्– एकैपटक मान्छेलाई थुन्न खोज्ने?  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार सहकारी पीडितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्। आज सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू जोडिएको सहकारी अनियमिततालाई लिएर उठेको प्रश्नमा संसदीय समिति नचाहिने बरु आफूले सदनमा जवाफ दिन पाउनुपर्ने बताए।
Weather Update