News Griha :: न्यूजगृह
सुहाङले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं— इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

मंगलबार संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन्। 

Prabhu Bank

शपथपछि सभामुख घिमिरेले नेम्वाङलाई सांसद्को प्रतिक चिन्ह प्रदान गरेका हुन्। 

suhang-nembang_devraj-ghimire-(1)-1715148780.jpg
सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद् नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरेका थिए। 

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत  उपस्थिती रहेको थियो। 

नेम्वाङ गत वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए।

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट उनको बुबा सुुवास नेम्वाङ निर्वाचित भएका थिए। तर गत भदौमा सुवासको निधन भएसँगै उक्त क्षेत्रमा एमालेले सुहाङलाई अघि सारेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:५८
Weather Update