वामदेवको एमाले पुनरागमन चाहनाबारे ओलीको जवाफ– ‘पछि छलफल गर्छौ’सोमबार, वैशाख २४, २०८१

गण्डकीको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए शपथ सोमबार, वैशाख २४, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। सोमबार दिउँसो एमालेबाट २ मन्त्री नियुक्त गरेका हुन्। मन्त्री नियुक्त भएका सीता सुन्दास र वेदबहादुर गुरुङले प्रमुख प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र गुरुङलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको...

एकीकृत समाजवादीले भन्यो– पार्टी फुट्ने हल्ला निराधार सोमबार, वैशाख २४, २०८१ नेकपा एकीकृत समाजवादीले पार्टीभित्र आन्तरिक किचलो देखिएको भन्ने विषय हल्लामात्रै भएको जनाएको छ। आज बसेको संसदीय दलको बैठकपछि विज्ञप्ति जारी गर्दै बाहिर आएका हल्लाहरु निराधार रहेको पार्टी संसदीय दलका प्रमुख सचेतक मेटमणी चौधरीले जानकारी दिए। ‘बैठकले यस बिचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा...

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा सोमबार, वैशाख २४, २०८१ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ। आज बसेको आयोगको बैठकले जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको आयोगका सहप्रवक्ता रामदत्त पाण्डेयले न्यूजगृहलाई जानकारी दिए।‘आइतबार परेको निवेदनका आधारमा आज जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको छ,’ उनले भने।

जसपाले भन्यो– दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको अवस्थामा पार्टी फुट्दैन सोमबार, वैशाख २४, २०८१ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारीमा रहेर काम गर्न आग्रह गरेको छ। आइतबार बहुमत सांसद र केन्द्रीय सदस्यहरु आफूसँग रहेको दाबीसहित वरिष्ठ उपाध्यक्ष अशोक राईले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।

ओलीलाई वामदेवले भने– एमालेमा आउन चाहन्छु, शंका नगर्नुस् पार्टी फुटाउँदिन सोमबार, वैशाख २४, २०८१ राष्ट्रिय सभा सदस्य एवं कम्युनिस्ट पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमै जान चाहेको बताएका छन्। सोमबार राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै गौतमले यसअघि नेकपा विभाजनको आरोप आफूमाथि लागेको बताउँदै फेरि पनि एमाले गएर पार्टी फुटाउनेमा शंका नगर्न आग्रह गरे।
-1714986679.jpg)
सवारी लाइसेन्समा देखिएको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, वैशाख २४, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बारे जनस्तरमा आक्रोश र असन्तुष्टि यथावत रहेको भन्दै समस्या समाधान गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन्।

जसपा फुटेको भोलिपल्टै लुम्बिनीमा जसपाका अहिर बने कृषिमन्त्री सोमबार, वैशाख २४, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। यसअघि नै मुख्यमन्त्री जोखबहादुर महराले अहिरलाई कृषिमन्त्रीको जिम्मेवारी दिएको थिए। तर असन्तुष्ट बन्दै अहिरले गत वैशाख ९ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

सर्यो एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार, वैशाख २४, २०८१ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी वैशाख ३१ गतेदेखि काठमाडौंमा बस्ने भएको छ। यसअघि वैशाख २८ गतेदेखि बैठक बस्ने भनिएकोमा बैठक सारिएको हो।

राज्यमन्त्री दीपक कार्की उपेन्द्रकै पक्षमा सोमबार, वैशाख २४, २०८१ वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू जनता समाजवादी पार्टी (जसपा) नेपालको संस्थापन पक्षमा रहेको बताएका छन्। आइतबार जसपाका वरिष्ठ उपाध्यक्ष अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गर्दा कार्कीको समेत साथ रहेको दाबी गरेका थिए। तर कार्कीको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री कार्की जसपा नेपालको...

सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गर्ने सोमबार, वैशाख २४, २०८१ सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन्। सभामुख घिमिरेले मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्। संसद्को आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएको सभामुखका प्रेस संयोजक...

जसपा फुटेपछि एकीकृत समाजवादीमा खैलाबैला, बोलाइयो संसदीय दलको बैठक सोमबार, वैशाख २४, २०८१ नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक आह्वान गरेको छ। पार्टीभित्र आन्तरिक किचलो बढेका बेला बोलाइएको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ। सोमबार (आज) दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले न्यूजगृहलाई जानकारी दिए। उनले पार्टीभित्रको आन्तरिक छलफलका लागि बैठक बोलाइएको बताए।

गण्डकीका सभामुखविरुद्ध कांग्रेस आज सर्वोच्च जाँदै सोमबार, वैशाख २४, २०८१ गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालको विरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख धितालले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३० मतसहित विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए। ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्ने भए पनि सभामुख धितालले मुख्यमन्त्री अधिकारीको...