News Griha :: न्यूजगृह
राज्यमन्त्री दीपक कार्की उपेन्द्रकै पक्षमा

काठमाडौं— वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू जनता समाजवादी पार्टी (जसपा) नेपालको संस्थापन पक्षमा रहेको बताएका छन्। 

आइतबार जसपाका वरिष्ठ उपाध्यक्ष अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गर्दा कार्कीको समेत साथ रहेको दाबी गरेका थिए। 

Prabhu Bank

तर कार्कीको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री कार्की जसपा नेपालको संस्थापन पक्ष यानेकी अध्यक्ष उपेन्द्र यादवकै पक्षमा नै यथावत रहेको बताएको छ।

कार्कीका प्रमुख स्वकीय सचिव रामनारायण कपडिले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘माननीय राज्यमन्त्री दिपक कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइ रहेको  समाचारहरुबाट अत्यन्त भ्रामक जानकारी संप्रेषण भइरहेकोप्रति यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उहाँ जनता समाजवादी पार्टी, नेपालको संस्थापन पक्षमा यथावत रहिरहनुभएको र अन्यत्र भनेझैँ कुनै गुट वा दलसँग आवद्धता नरहेको जानकारीको लागि अनुरोध छ।’ 

जसपाका वरिष्ठ उपाध्यक्ष राईले १२ सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको जसपाका बहुमत सांसद र सदस्यहरु आफ्नो साथमा रहेको भन्दै आयोगमा नयाँ दलका लागि निवेदन दिएका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:३९
Weather Update