News Griha :: न्यूजगृह
जसपाका कुन-कुन सांसदले छोडे उपेन्द्रको साथ ?

काठमाडौं— सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ। आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवलकिशोर साह सुडी, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्।

साथै उनीहरूसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ। 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:१९
Weather Update