News Griha :: न्यूजगृह
फुट्यो जसपा, नयाँ पार्टी दर्ताका लागि राईले आयोगमा दिए निवेदन
फाइल तस्बिर

काठमाडौं— उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ। 

आइतबार पार्टीका वरिष्ठ उपाध्यक्ष अशोक राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। 

संघीय संसदमा जसपाबाट १२ जना सांसदको प्रतिनिधित्व रहेको छ। जसमध्ये बहुमत सदस्यहरुको हस्ताक्षरसहित राईको नेतृत्वमा नेताहरु निर्वाचन आयोग पुगेको स्रोतले जानकारी दिएको छ। 

स्रोतका अनुसार अहिले पार्टीको नाम जसपा नेपाल रहेकामा राईको नेतृत्वमा दाबी गरिएको पार्टीको नाम ‘नेपाल’ हटाएर जसपा मात्र कायम गर्न निवेदन दिइएको हो। 

राईले अध्यक्ष यादवको कार्यशैलीप्रति आलोचना गर्दैै आइरहेका थिए। 

उपप्रधान एवं श्वास्थ्यमन्त्री समेत रहेका जसपा अध्यक्ष यादव विदेश भ्रमणमा रहेका बेला पार्टी फुटको संघारमा पुगेको हो। 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:४९
Weather Update