News Griha :: न्यूजगृह
उपेन्द्र यादवले सरकार ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौंः मन्त्री साह

काठमाडौं— संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन्।

आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए।

'अध्यक्ष यो सरकारको स्थायित्वको पक्षमा हुनुहुन्न। यसको विपरीत हुनुहुन्छ,' मन्त्री साहले भने, 'त्यसैले सरकारको स्थायित्वका लागि हामीले यस्तो गरेका हौं, म आफैं मन्त्री छु सरकारलाई दिएको समर्थन जारी रहन्छ।'

जसपाका कुन-कुन सांसदले छोडे उपेन्द्रको साथ ?

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:२८
Weather Update