News Griha :: न्यूजगृह
निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं— अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ। 

आज बसेको आयोगको बैठकले जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको आयोगका सहप्रवक्ता रामदत्त पाण्डेयले न्यूजगृहलाई जानकारी दिए।

Prabhu Bank

‘आइतबार परेको निवेदनका आधारमा आज जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको छ,’ उनले भने। 

त्यस्तै आयोगले जसपाको विधान २०८१ आयोगमा दर्ता दर्ता गरि सो को प्रतिवेदन जसपालाई दिने निर्णय गरेको बताए। साथै आयोगमा दर्ता भएको उक्त दलको सम्बन्धमा संघीय र प्रदेश संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत भएको पाण्डेयले जानकारी दिए। 

आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट बहुमत सदस्यसहित वरिष्ठ उपाध्यक्ष रहेका अशोक राईले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। सोही आधारमा आयोगले दल दर्ता गरेको हो।  

यता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएको अवस्थामा दल दर्ता हुन नसक्ने दाबी गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:२२
Weather Update