News Griha :: न्यूजगृह
जसपाले भन्यो–  दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको अवस्थामा पार्टी फुट्दैन
फाइल तस्बिर

काठमाडौं— उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारीमा रहेर काम गर्न आग्रह गरेको छ। 

आइतबार बहुमत सांसद र केन्द्रीय सदस्यहरु आफूसँग रहेको दाबीसहित वरिष्ठ उपाध्यक्ष अशोक राईले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। 

Prabhu Bank

त्यससँगै सोमबार विज्ञप्ति जारी गर्दै जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले हाल दल विभाजनसम्बन्धी अध्यादेश खारेज भइसकेको अवस्थामा पार्टी नफुट्ने दाबी गरेका छन्। 

‘हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरु निर्वाचन आयोग गई अवैधानिक निवेदनका आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीको सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुहुनु् अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

पार्टीको आन्तरिक किचलो बढिरहेका बेला १२ सांसद रहेको जसपाबाट बहुमत सदस्य आफूसँग भएको दाबीसहित राईले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:४१
Weather Update