गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने आइतबार, वैशाख २३, २०८१
-1714885853.jpg)
सुदूरपश्चिमः एमालेको अडानले धकेलिँदै मुख्यमन्त्रीको विश्वासको मत, बालकोटमा ओलीले के भने? आइतबार, वैशाख २३, २०८१ सुदूरपश्चिम प्रदेश सभाका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको २ बैठक स्थगित भए। वैशाख २१ गते शुक्रबार साँझ ५ बजेका लागि बैठक आह्वान गरिएको थियो। सोही दिन मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारीमा थिए। तर सत्तारुढ दल नेकपा एमालेले आन्तरिक छलफल नगरी विश्वासको मतका लागि हतार नगर्न...

एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारत असन्तुष्ट, जयशंकर भन्छन्– नेपालले एकल निर्णय गर्यो आइतबार, वैशाख २३, २०८१ नेपालको एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतले असन्तुष्टि जनाएको छ। चुनावी अभियानका क्रममा भुवनेश्वर पुगेका भारतका विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै आइतबार, वैशाख २३, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार २४ गतेसम्म विश्वासको मत लिनैपर्ने छ। अधिकारीले राप्रपालाई समेत सरकारमा ल्याएर बहुमत पुर्याउने...

निर्वाचन प्रणालीनै अहिलेको समस्याको मूल जड हो, कांग्रेस-एमाले एक ठाउँमा उभिए समाधान हुन्छ: कोइराला शनिबार, वैशाख २२, २०८१ नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे केका लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दल भन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन्।

सरकारको आयु लामो छैनः कांग्रेस नेता महत शनिबार, वैशाख २२, २०८१ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारको आयु चाँडै टुङ्गिने बताए । उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित शनिबार, वैशाख २२, २०८१ सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। मुख्यमन्त्री दीर्घ सोडारीको विश्वासको मतकै लागि शनिबार आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा शनिबार, वैशाख २२, २०८१ चितवन र तनहुँको जस्तै जनलहर पाउने आशासहित सिंगो शक्ति परिचालन हुँदा पनि परिणाम कमजोर आएपछि रास्वपाभित्र हलचल आएको छ। यद्यपि, इलामका जनताले घण्टी बजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निष्कर्ष पार्टीको छ। उपनिर्वाचनको परिणामलाई लिएर शुक्रबार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष...

उपनिर्वाचन परिणामले रास्वपा सचेत, नेताहरु देश दौडाहामा निस्किने शुक्रबार, वैशाख २१, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ को उपनिर्वाचन परिणाम पार्टी संगठन, अभियानलाई पुनर्विचार गर्ने अवसर भएको निष्कर्ष निकालेको छ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले उपनिर्वाचन परिणामलाई जनताले बेलैमा घण्टी बजाएर सचेत बनाएको निष्कर्ष निकालेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित शुक्रबार, वैशाख २१, २०८१ सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो। तर आज विश्वासको मत दिन एमाले तयार नभएरपछि शनिबार (भोलि) सम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

यसकारण आजका लागि अनिश्चित बन्यो सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको विश्वासको मत शुक्रबार, वैशाख २१, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने तयारी गरे पनि प्रदेश सभा बैठक नै अनिश्चित बन्ने देखिएको छ। नेकपा एमालेले पार्टीभित्र थप आन्तरिक छलफल गर्ने र निर्णय लिने भनेपछि विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठक अनिश्चित बनेको हो।

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने शुक्रबार, वैशाख २१, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। अधिकारी गत चैत २५ गते गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान...

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको रेशम पक्षको 'ह्वीप' शुक्रबार, वैशाख २१, २०८१ सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ। शुक्रबार प्रदेश सभाबाट मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदैछन्। नाउपाको रेशम पक्षधरले भने सोडारीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई निर्देशन (ह्वीप) जारी गरेको हो।