इलाम पुगेर ओलीले भने– प्रदेश नामाकरण पहिचानको विषय होइन मंगलबार, वैशाख १८, २०८१

मतदातालाई सुहाङको बाचा– तपाईंहरुको शिर झुक्ने काम गर्नेछैन मंगलबार, वैशाख १८, २०८१ इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

आगामी ०८४ को निर्वाचन लड्ने विप्लवको संकेत मंगलबार, वैशाख १८, २०८१ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आगामी २०८४ को निर्वाचन लड्ने संकेत गरेका छन्। गत वैशाख ५ गतेदेखि ९ गतेसम्म कपिलवस्तुमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्दै विप्लवले आगामी ०८४ को निर्वाचनलार्ई समाजवादी मिसनको रुपमा प्रयोग गर्ने बताए।

सुहाङलाई डम्बरको बधाई– विकासका लागि जित सार्थक रहोस् मंगलबार, वैशाख १८, २०८१ इलाम–२ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापति समेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी एमालेका सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यक्ता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस् भन्ने शुभकामना दिएका हुन्।
-1714472159.jpg)
कर्णालीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ मंगलबार, वैशाख १८, २०८१ कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। आजै मन्त्रीमा नियुक्त भएका ४ मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरेका हुन्।
![कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/yamlal_kadel-1712665768.jpg)
कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी? [सूचीसहित] मंगलबार, वैशाख १८, २०८१ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरुलाई सभामुखको निर्देशन मंगलबार, वैशाख १८, २०८१ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई महत्वपूर्ण विषयहरु चाँडो छलफल गरेर टुंग्याउन र आउँदो बजेट अधिवेशनमा संसदमा प्रस्तुत हुने वातावरण बनाउन निर्देशन दिएका छन्।सोमबार सबै समितिका सभापति, दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर सभामुख घिमिरेले समितिहरुलाई प्रभावकारी बनाउन सुझाव दिएका छन्।
-1714466257.jpg)
सुदूरपश्चिमः यसअघि चित्त दुखाएकी नाउपाकी टीकालाई कृषि मन्त्रीको जिम्मेवारी, लिइन् शपथ मंगलबार, वैशाख १८, २०८१ सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी टीका थापाले पद तथा गोपनियताको शपथग्रहण गरेकी छिन्। मन्त्री नियुक्त भएकी थापाले आज प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्।

एकीकृत समाजवादीले थाल्यो महाधिवेशनको तयारी मंगलबार, वैशाख १८, २०८१ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छ भने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा बुझाउन निर्देशन दिइएको हो।

इलामको परिणामबारे रामहरिको टिप्पणी– चटकेहरुलाई ठेगान लगाइदियो मंगलबार, वैशाख १८, २०८१ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम कांग्रेस नेता रामहरि खतिवडाले इलाम–२ को उपनिर्वाचनको परिणामले कांग्रेस र एमाले मात्र मुलुकका शक्तिशाली दल रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन्।

कोशी प्रदेशका प्रमुखलाई मुख्यमन्त्रीको पत्र– संकल्प प्रस्तावमार्फत सरकार परिवर्तन गरिएको नजिर विश्वमा कहीँ छैन मंगलबार, वैशाख १८, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको संकल्प प्रस्तावमार्फत सरकार परिवर्तन विश्वमा कहीँ पनि नगरिएको दाबी गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र पठाउँदै मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको आफू नेतृत्वको सरकारको विकल्प अरु नरहेको समेतस्पष्ट पारेका छन्।

इलाम–२ मा जित्न सकिएन, सिक्न मात्र सकियोः सभापति लामिछाने मंगलबार, वैशाख १८, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि पराजयबाट पाठ सिकेको बताएका छन्।

खेलप्रेमी सुहाङको राजनीतिक यात्राः अधिवक्तादेखि सांसदसम्म मंगलबार, वैशाख १८, २०८१ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का युवा नेता सुहाङ नेम्वाङको आजबाट संसद् यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका उनका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो।