News Griha :: न्यूजगृह
सुहाङलाई डम्बरको बधाई– विकासका लागि जित सार्थक रहोस्

इलाम— इलाम–२ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापति समेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी एमालेका सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।

सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यक्ता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस् भन्ने शुभकामना दिएका हुन्।

‘लोकतन्त्रको सुन्दरपक्ष भनेकै निर्वाचन अनि निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धा गर्ने र विजयीले सबैपक्षलाई समेटेर अगाडी बड्ने हो, अतः उपनिर्वाचन २०८१ मार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका तर्फबाट उम्मेदवार सुहाङ नेम्बाङ विजयी बन्नुभएकोमा मेरो व्यक्तिगत र सिंगो नेपाली कांग्रेस पार्टीका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ खड्काले भने, ‘साथै यहाँका जनताका आशा, अपेक्षा र आवश्यक्ता पूरा गर्दै यस क्षेत्रको समुचित विकासका लागि यो विजय सार्थक रहोस् शुभकामना।’

मंगलबार आएको अन्तिम परिणाम अनुसार कांग्रेसका खड्कालाई ५ हजार ८ सय  ३० मतले उछिन्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:०९
Weather Update