राप्रपाको केन्द्रीय समिति बैठक जेठमाशुक्रबार, वैशाख २१, २०८१
-1713437358.jpg)
आज विश्वासको मत लिने सुदूरपश्चिम मुख्यमन्त्रीको तयारी, हतार नगर्न एमालेको सुझाब शुक्रबार, वैशाख २१, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन्। बेलुकी ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।त्यसका लागि बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ। मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेको...

उपनिर्वाचन समीक्षा गर्न रास्वपा सचिवालय बैठक बस्दै शुक्रबार, वैशाख २१, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जनाएको छ।

सुदूरपश्चिममा मुख्यमन्त्रीको प्रतिवाद गर्ने कांग्रेसको निर्णय बिहीबार, वैशाख २०, २०८१ नेपाली कांग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने भएसँगै बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको संसदभित्र र बाहिर कडा प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक...

संघीय संसद्को बजेट अधिवेशन आह्वान बिहीबार, वैशाख २०, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन्।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् ।उनले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका छन् ।

कोशीमा एमालेको बटमलाइन– वैशाख २५ गतेभित्र मुख्यमन्त्रीबाट विश्वासको मत, नभए राजीनामा बिहीबार, वैशाख २०, २०८१ कपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीले आगामी वैशाख २५ गतेभित्र विश्वासको मत नलिए नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्ने धारणा अघि सारेको छ। कोशी प्रदेश एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार संसदीय पत्रकार मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन्।त्यस्तै भण्डारीले कोशी प्रदेशसभामा बहुमतले पारित संकल्प...

एकीकृत निर्वाचन व्यवस्थापन विधेयकबारे सरकारले वेवास्ता गर्योः प्रमुख आयुक्त थपलिया बिहीबार, वैशाख २०, २०८१ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा आयोगले सरकारसमक्ष पेस गरेपनि अझसम्म अगाडि बढ्न नसकेको गुनासो गरेका छन्।

ओलीलाई पहिचान पक्षधरको ‘काउन्टर’ बिहीबार, वैशाख २०, २०८१ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताउँदै ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाए। उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार सम्मेलन आयोजना गरेका थिए। सो क्रममा उम्मेदवार थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झस्किएको टिप्पणी गरे।
-1714630529.jpg)
भाजपाको निमन्त्रणामा नेपालका ५ नेता भारत भ्रमणमा बिहीबार, वैशाख २०, २०८१ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा नेपालका ५ राजनीतिक दलका नेताहरु पार्टीको प्रतिनिधित्व गर्दै भारत गएका छन्।भारतीय जनता पार्टी (भाजपा)ले नेपालसहित १० देशका १८ प्रतिनिधिहरुलाई ‘नो बीपेपी’ अर्थात् ‘बीजेपी बुझौँ’ भन्ने कार्यक्रमका लागि नेताहरुलाई आमन्त्रण गरेको हो।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने बिहीबार, वैशाख २०, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ।
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, वैशाख २०, २०८१ मन्त्रिपरिषद्को बैठक बिहीबार दिउँसो बस्दैछ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी बोलाएको बैठकमा सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ।गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न आँटेको हो।

सुहाङको ‘लक्की सेभेन’ मत बुधबार, वैशाख १९, २०८१ मत संख्या २७ हजार ७ सय ७२ एउटा सिम्बोल बनेको छ। सुहाङले पाएको यो मत प्राविधिक मूल्याङ्कनको विषय मात्र बन्नु हुँदैन। न यो कुनै दल विशेषको मात्र हक लाग्ने मत हो। यो मतमा युवा पुस्ताको लगानी छ। आशा र भरोसाको पनि सम्बन्ध छ। सुहाङ भलै एमालेका उम्मेदवार हुन् तर प्रतिनिधि...

चुनावअघि भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो: बाबुराम बुधबार, वैशाख १९, २०८१ नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोसा गर्न नसकेको बताएका छन्।बुधबार काठमाडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनाव अघि पानीमा...