-1714630529.jpg)
काठमाडौं— भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा नेपालका ५ राजनीतिक दलका नेताहरु पार्टीको प्रतिनिधित्व गर्दै भारत गएका छन्।
भाजपाले नेपालसहित १० देशका १८ प्रतिनिधिहरुलाई ‘नो बीपेपी’ अर्थात् ‘बीजेपी बुझौँ’ भन्ने कार्यक्रमका लागि नेताहरुलाई आमन्त्रण गरेको हो।
भाजपाको निमन्त्रणामा नेपाली कांग्रेसका नेता तथा सांसद उदय शमशेर राणा, एमाले नेता विष्णु रिमाल, माओवादी केन्द्रका नेता मातृका यादव, रास्वपाका नेता शिशिर खनाल र जनमत पार्टीका नेता जयकान्त राउत बुधबार नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग नेपालसहित विभिन्न देशका प्रतिनिधिहरुले भेटवार्ता गरेका छन्। साथै भारतीय विदेशमन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि प्रतिनिधिहरुले अन्तरक्रिया गरेका छन्।
कार्यक्रममा अष्ट्रेलियाको लिबरल पार्टी, भियतनामको कम्युनिस्ट पार्टी, बंगलादेशको अवामी लीग, इजरायलको लिकुड पार्टीका प्रतिनिधिहरु सामेल हुनेछन्।
भारतमा जारी लोकसभा निर्वाचनको सन्दर्भमा बीजेपीले विश्वका विभिन्न मुलुकका नेताहरुसँग भेटघाट र अन्तक्रिया गरेको हो।