News Griha :: न्यूजगृह
मन्त्रिपरिषद् बैठक बस्दै 

काठमाडौं — मन्त्रिपरिषद्को बैठक बिहीबार दिउँसो बस्दैछ। 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी बोलाएको बैठकमा सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ।

गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न आँटेको हो।  

हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी सरकारले गरेको छ। जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले त्यसको तयारीका लागि बजेट अधिकार बोलाउने तयारी गरेको हो। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०९:१८
Weather Update