News Griha :: न्यूजगृह
लजास्पद हारपछि रास्वपाले भन्यो– हाम्रो विपक्षमा घण्टी बज्यो, गहन समीक्षा गर्छौँ 
लजास्पद हारपछि रास्वपाले भन्यो– हाम्रो विपक्षमा घण्टी बज्यो, गहन समीक्षा गर्छौँ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनबारे पार्टीको आगामी बैठकमा समीक्षा गर्ने बताएको छइलाम–२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूले जमानत समेत जोगाउन नसकेपछि रास्वपाले विज्ञप्ति जारी गर्दै कमीकमजोरीका कारण निर्वाचनमा पराजय भोगेको र त्यसको समीक्षा गर्ने बताएको हो।
इलाममा रास्वपाले जमानत पनि नजोगाएपछि रविलाई सीके राउतको यस्तो आग्रह 
इलाममा रास्वपाले जमानत पनि नजोगाएपछि रविलाई सीके राउतको यस्तो आग्रह  जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले इलामको मत परिणामले नयाँ उदाएका राजनीतिक दलहरुको धरातल देखाइदिएको टिप्पणी गरेका छन्। मंगलबार बिहान सार्वजनिक अन्तिम परिणामपछि उनको दलले समेत जमानत जोगाउन नसकेपछि त्यस्तो प्रतिक्रिया दिएका हुन्। सामाजिक सञ्जालमा लेख्दै डा. राउतले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत जस्ता पार्टीहरुलार्ई जनताले मत नदिए पनि विकासको अपेक्षा...
बझाङमा पराजयपछि अभिषेक भन्छन्– भगवान पीडा र दुःखजति मेरै भागमा रहेछ
बझाङमा पराजयपछि अभिषेक भन्छन्– भगवान पीडा र दुःखजति मेरै भागमा रहेछ बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा पराजयपछि कांग्रेसबाट उम्मेदवार बनेका अभिषेकबहादुर सिंहले विजेताप्रति कुनै आक्रोश व्यक्त नगर्न समर्थकहरुलाई आग्रह गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत निर्वाचित एमालेका दमनबहादुर भण्डारीलाई बधाई दिँदै समर्थकहरुलाई उत्तेजित भएर कसैप्रति गाली गलौजमा नलाग्न आग्रह गरेका हुन्।  
इलाम–२ मा एस र रास्वपासहित १६ उम्मेदवारको जमानत जफत 
इलाम–२ मा एस र रास्वपासहित १६ उम्मेदवारको जमानत जफत  इलाम क्षेत्र नं २ को शनिबार भएको उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ। सोमबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो।निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत ६ हजार आठ...
इलाममा एमालेले विजयी सभा गर्दै, ओलीले सम्बोधन गर्ने
इलाममा एमालेले विजयी सभा गर्दै, ओलीले सम्बोधन गर्ने इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले सोमबार विजय सभा गर्ने भएको छ। शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले जित हासिल गरेका छन्। 
इलाममा राप्रपा नेपालको ४३ मत, कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो 
इलाममा राप्रपा नेपालको ४३ मत, कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो  राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर भएका कारण कम मत आएको स्पष्टीकरण दिएका छन्। इलाम- २ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका गणेश बहादुर चौहानले केवल ४३ मत प्राप्त गरेपछि अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो। अध्यक्ष थापाले वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको...
इलाम—२ मा एकीकृत समाजवादीको मत ४०८, झलनाथ थिए चुनावी कमान्डर
इलाम—२ मा एकीकृत समाजवादीको मत ४०८, झलनाथ थिए चुनावी कमान्डर यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन्। इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो। उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए। तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजासमेत आएको छ।
इलाम-२ मा घण्टीको जमानत जफत
इलाम-२ मा घण्टीको जमानत जफत इलाम २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन्। त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका...
इलाम २ मा ५ हजार ८ सय मतान्तरले सुहाङ विजयी
इलाम २ मा ५ हजार ८ सय मतान्तरले सुहाङ विजयी इलाम २ प्रतिनिधि सभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन्। आज बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्। 
कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य
कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ।सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।  
इलाम-२ मा ४४ हजार ९७२ मत गणना, अब २४ हजार ३१५ मत गन्न बाँकी
इलाम-२ मा ४४ हजार ९७२ मत गणना, अब २४ हजार ३१५ मत गन्न बाँकी इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। इलाम- २ का ४२ वडामध्ये अब जम्मा १३ वडा गन्न बाँकी छ।इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।नेम्वाङले अहिलेसम्म १९११४ मत पाएका छन्। नेम्वाङ र डम्बरबहादुर खड्काबीचको मतान्तर ६ हजार ४३८ छ। उनका निकटतम...
इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै, डम्बर भन्दा ५८५७ मतले अगाडि 
इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै, डम्बर भन्दा ५८५७ मतले अगाडि  प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रतालाई कायमै राखेका छन्।फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ।पछिल्लो मत परिणामअनुसार एमालेका नेम्वाङले १८ हजार १९६ मत पाएका छन्। मुख्य निर्वाचन...
Weather Update