News Griha :: न्यूजगृह
इलाम-२ मा घण्टीको जमानत जफत

काठमाडौं— इलाम २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन्। 

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रथेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन्। त्यसैगरी रास्वपा मिलन लिम्बूले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ। 

Prabhu Bank

कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ।लिम्बूको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उनले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल भएका छन्। यस क्षेत्रमा लिम्बूसमेत १६ उम्मेदवारको जमानत जफत भएको छ। 

इलाम-२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन्। कुल १९ जना उम्मेदवार रहेको इलाम-२ का अन्य सबै उम्मेदवारले सय भन्दा कम मत प्राप्त गरेका छन्।  

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०६:२५
Weather Update