News Griha :: न्यूजगृह
इलाम २ मा ५ हजार ८ सय मतान्तरले सुहाङ विजयी

काठमाडौं— इलाम-२ प्रतिनिधि सभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन्। 

मंगलबार बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्। 

Prabhu Bank

नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए। यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे। रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत पाए। 

इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। २०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए। 

निर्वाचन आयोगले यी दुई स्थानमा शनिबार उपनिर्वाचन गराएको हो। इलाम-२ बाट निर्वाचित भएका सुहाङ संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन्।  

बझाङ प्रदेशसभा–१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०६:१७
राजनीति
विशेष
Weather Update