News Griha :: न्यूजगृह
इलाममा एमालेले विजयी सभा गर्दै, ओलीले सम्बोधन गर्ने

काठमाडौं— इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले मंगलबार विजय सभा गर्ने भएको छ। 

शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले जित हासिल गरेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ। 

दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए। 
नेम्वाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:१३
Prabhu BankPrabhu Bank
Weather Update