News Griha :: न्यूजगृह
इलाम—२ मा एकीकृत समाजवादीको मत ४०८, झलनाथ थिए चुनावी कमान्डर

काठमाडौं—  इलाम—२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ। 

यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन्। इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो। उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए।

तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजासमेत आएको छ।

त्यस्तै यस क्षेत्रमा राजसंस्थाको एजेण्डा लिएर हिँडिरहेको राप्रपालाई पनि जनताले अस्वीकार गरेका छन्।

राप्रपाबाट उम्मेदवार बनेका लक्ष्मी गुरुङले केवल ४०४ मत मात्र पाएका छन्। यस क्षेत्रमा २०७९ को आम निर्वाचनमा राप्रपाले ५१० मत प्राप्त गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:३४
Weather Update