News Griha :: न्यूजगृह
इलाम-२ मा ४४ हजार ९७२ मत गणना, अब २४ हजार ३१५ मत गन्न बाँकी

काठमाडौं— इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। इलाम- २ का ४२ वडामध्ये अब जम्मा १३ वडा गन्न बाँकी छ।

इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।

Prabhu Bank

नेम्वाङले अहिलेसम्म १९ हजार ११४ मत पाएका छन्। नेम्वाङ र डम्बरबहादुर खड्काबीचको मतान्तर ६ हजार ४३८ छ। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्काले १२ हजार ६७६ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका मुढा चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३ हजार २४२ मत पाएका छन्। अहिले देउमाई ७ सम्मको गणना सकिएको छ।

इलाम- २ मा जम्मा ६९ हजार २८७ मत खसेको थियो। ४४ हजार ९७२ मत गणना भएको छ। 

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम- २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २०:००
राजनीति
विशेष
Weather Update